Logo

ऋषि धमलाले प्रचण्डको यसरी प्रशंसा गरे, अनुराग हेर्न प्रचण्ड तयार



काठमाडौं, १० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग हेर्न सबैलाई आग्रह गरेका छन् ।

बुधबार नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा सँगै रहेका पत्रकार धमलालाई देखाउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

पत्रकार धमलाले आफूले निर्माण गरेको चलचित्र अनुराग यही असोज १२ गते रिलिज हुने भएकोले उक्त चलचित्र हेर्न प्रचण्डलाई आग्रह गरेका थिए । धमलाको यस्तो आग्रह सुनेका प्रचण्डले सुरुवातमै भने,‘ऋषिजीले बनाएको चलचित्र भएकाले यो चलिचत्र सबैले हेर्नुपर्छ । म यही मञ्चबाट सबैलाई आग्रह गर्छु । शुभचिन्तकले हेरिदिनुहोस् । उहाँ पत्रकारितामा नभई नहुने व्यक्तित्व हो । उहाँल्ले लोकतान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान पुर्याउनुभएको छ।’

धमलाले प्रचण्डले नेपाली राजनीतिमा धेरै ठूलो चमत्कार गरेको भन्दै प्रंशसा गरे । उनले भने,‘प्रचण्डले नेपालमा क्रान्तिको नेतृत्व गर्नुभयो, शान्तिको नेतृत्व गर्नुभयो, अब समृद्धिको नेतृत्व गर्ने अवसरपनि उहाँलाई आएको छ । यो अवसर उहाँले कुनैपनि हालतमा खेर फाल्न हुँदैन् ।’

प्रचण्डबारे आफूलाई भारतीय विद्धानले भनेको धमलाले सुनाए,‘नेपालमा प्रचण्डजस्तो राम्रो नेता जन्मिएका छन् । विश्वमै कसैले गर्न नसकेको काम प्रचण्डले गरेर देखाएका छन् ।’ धमलाले पर्यटन यातायातलाई व्यवस्थित् गर्नुपर्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्