Logo

प्रदेश ३ का सभामुख श्रेष्ठले भने-‘चलचित्र अनुराग सबैले हेर्नुपर्छ’



असोज १२, काठमाण्डौ । पर्सीबाट प्रदर्शनमा आउन लागेको चलचित्र अनुराग हेर्न सर्वसाधारण मात्र नभै कलाकार, नेता, मन्त्री, सांसद, सभामुख सबैले इच्छा देखाएका छन् ।

आज एक कार्यक्रममा प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठले आफु १२ गते हलमै पुगेर चलचित्र अनुराज हेर्ने बताएका छन् ।

मकवानपुरको हेटौँडा सबैजसो हलमा यो फिल्म चल्ने यसको निर्माण पक्षले जनाएको छ । हेटौँडामा रहेका श्रेष्ठले सबैलाई अनुराज हेर्न सुझाब दिदै आफू पनि हलमै पुगेर चलचित्र हेर्ने बताएका हुन् ।

सांगितिक प्रेम कथामा आधारित यस चलचित्रमा नव नायिका एलिजा गौतम र नव नायक समुन्द्र पण्डितको मुख्य अभिनय रहेको छ । चलचित्रमा वरिष्ठ कलाकार सरोज खनाल र राजाराम पौडेलकोसमेत अभिनय हेर्न पाइनेछ ।

पmरक प्रसंगमा सभामुख श्रेष्ठले मंसिर महिनाभित्र प्रदेश तीनको राजधानी र नाम तय गरिने दावी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्