बर्दिया, असोज १७ । प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेस बर्दिया जिल्ला सभापति सञ्जय कुमार गौतमले मंगलबार खाता जैबिकमार्ग क्षेत्रमा स्थलगत् अनुगमन गरेका छन् ।
बर्दियाको मधुवन नगरपालिका पुगेका नेता गौतमले खाता जैबिक मार्गको स्थलगत अनुगमन गरेका हुन् । पुर्व सिँचाईमन्त्री समेत रहेका गौतमले मधुबन नगरपालिका वडा नम्बर ४ देखि धनौरा, सिमसार क्षेत्र, भग्रैया ताल, मझेरा टापु, पत्थरबोझी गाउँ, डल्ला हुँदै पर्यटकीय स्थल ठाकुरद्धारासम्म जंगली जनावरको आवतजावत गर्ने ठाउँमा झण्डै ५ घण्टा स्थलगत अनुगमन गरेका मधुवनबाट टाइगर सहकर्मी हरी गुरुङ्गले जनाएका छन् ।
अुनुगमनमा निस्किएका गौतमले आफु सधैँभरी संरक्षणका क्षेत्रमा सक्रिय भएर लाग्ने प्रतिबद्धतासमेत जनाए । यस्तै, बन्यजन्तु पीडित बस्तीहरुमा पुगेर उनले समस्याहरु संग लड्दै संरक्षणमा सक्रिय हुने स्थानियलाई धन्यवाद दिँदै अझैँ संरक्षण अभियानका कार्यक्रमहरुमा निरन्तर लाग्न आग्रह समेत गरे ।
खाता जैबिक मार्ग निर्माण भएको १८ वर्षसम्म पनि कुनै राजनितिज्ञहरुको ध्यान त्यसतर्फ जान सकेको थिएन । पहिलोपटक गौतम स्थलगत अनुगमनका लागि गएपछि त्यसक्षेत्रका स्थानीयवासीसमेत खुशी भएका छन् ।
यस्तै, बाघ अनुगमनका क्रममा राष्ट्रिय वन अन्तर्गत ५० वटा ग्रीडमा गतवर्ष ११ वटा बाघ परेकोमा यस वर्ष बढेर २३ पुगेकोमा गौतमले खुशी व्यक्त गरेका छन् ।
तस्विर : विशेष गौतमको फेशबुकबाट