असोज १९, काठमाण्डौ । ऋषि धमलाले निर्माण गरेको चलचित्र अनराग आजदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ । गत शुक्रबारबाट प्रदर्शन भएको अनुरागले दोस्रो हप्तामा पनि प्रदर्शनका लागि हल पाएको हो ।
आज काठमाण्डौका केही मल्टिप्लेक्सहरुमा अनुराग प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको हो ।
कुमारी हलमा १२ बजे, सिटि सेन्टरको विग सिनेमामा ५ बजे, बिएसआर मुभिज नयाँ बसपार्कमा ११ः४५ बजे अनुराग हेर्न सकिनेछ ।
त्यसैगरी काठमाण्डौ उपत्यकाका गोपिकृष्ण, अष्टनारायण, कलंकी, पुष्पाञ्जली, सिद्धार्थ, बाराही, गुण सिनेमा लगायतका हलमा दोस्रो हप्तामा पनि प्रदर्शन हुन लागेको हो ।
काठमाण्डौ बाहिरका पनि विभिन्न शहरमा अनुरागले दोस्रो हप्ता पार गरेको छ ।
एलिजा गौतम र समुद्र पण्डितको मुख्य अभिनय रहेको यस फिल्मको कथावस्तु मन पराइएको छ ।
यो चलचित्र हेर्न पूर्व प्रधानमन्त्री, बहालवाला मन्त्रीहरु, सांसद, नेता, कलाकार लगायत हलमा पुगेका थिए ।