Logo

एनसेलको आँगनमा नेपाल मेडिसिटीको आँखा शिविर



ललितपुर १९, असोज : नेपाल मेडिसिटी अस्पतालले बिहिबार एनसेलका झण्डै २०० कर्मचारीको आँखा परिक्षण गरेको छ । विभिन्न संस्थाका कर्मचारीहरुका निमित्त शुरु गरिएको “वान डे विथ कर्पोरेट” अभियान अन्तर्गत एनसेलका कर्मचारीको आँखा परिक्षण गरिएको हो ।

सो क्रममा नेपाल मेडिसिटीकि नेत्र विभाग प्रमुख डा. पुजा लामा सहितको टोलीले आँखाको भिजन टेष्टिङ्ग र क्याटराक्ट टेष्ट अर्थात मोतिविन्दु परिक्षण गरिएको थियो ।

प्रायजसो कम्प्युटर र विद्युतिय उपकरणसंग काम गर्नुपर्ने भएकाले अधिकांशको आखाँमा समस्या हुने गरेको डा. लामाको अनुभव छ । कम्प्युटरमा काम गर्नेक्रममा चस्माको प्रयोग अति आवश्यक पर्ने भएकाले यसको प्रयोग गर्न वँहाले जोड दिनुभयो । आफ्नो अन्त्ररक्रियात्मक सत्रमा वहाँले धुवा धुलोका कारण पनि आँखामा समस्या देखिएको बताउनुभयो ।

शिविरको क्रममा कर्मचारीहरुले कार्यलयमै चिकित्सकसंग परामर्श गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । यस किसिमका शिविरले जनचेतना अभिवृद्धिमा गर्नेे र बेलैमा रोगको पहिचान गर्ने कार्यमा सहयोगी भूमिका खेल्ने भएकाले नेपाल मेडिसिटीले यस किसिमका कार्यक्रमको निरन्तरता दिने अस्पतालका कर्पोरेट प्रमुख तेन्जीङ्ग कुन्सेल बज्राचार्यले बताउनु भएको छ ।



प्रतिक्रिया दिनुहोस्