Logo

लायन्स र लियो क्लब अफ काठमाडौको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं, २० असोज । लायन्स र लियो क्लव अफ काठमाडौको आयोजनामा रक्तदान कार्यक्रमको आयोजनामा शनिबार काठमााडौंमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

रक्तदान कार्यक्रममा ६० भन्दा बढिले रक्तदान गरेका थिए । ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराकासाथ शुरु भएको रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिले स्वतः स्फूर्त रक्तदान गरेको आयोजकले जनाएको छ ।

उक्त रक्तदान कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं, चावहिलका भरत बहादुर अर्यालले गरेका थिए । त्यस्तै युवा वर्गमा रक्तदानको महत्वको चेतनास्तर बृद्धि भइरहेको परिप्रेक्षमा रक्तदान कार्यक्रम गरिएको पनि आयोजकको भनाई छ ।

आगामी दिन हरेक साता रक्तदान कार्यक्रमको आयोजना गर्दे रगतको अभावलाई न्युनिकरण गर्ने प्रयास गरिने लायन्स र लियो क्लव अफ काठमाडौले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्