Logo

जमरा लगाउने मात्रै होइन, जुस बनाएर पिउने पनि हो



काठमाण्डौ । बडादशैँ अन्तरगत घटस्थापनाको दिन राखेको जमरा दशैँको दिन टिकासँगै लगाउने गरिन्छ । दशैँमा पहेलो जमारा लगाइन्छ जुन धार्मिक महत्व र विश्वाससँग जोडिएको छ । शुद्ध माटोमा जौँ छरेर उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा सम्बृद्धिको प्रतिकको रुपमा पनि मानिन्छ ।

दशैमा पहेलो जमारा लगाइन्छ जुन धार्मिक महत्व र विश्वाससँग जोडिएको छ । जमरा शिरमा लगाइनुको आफ्नै धार्मिक महत्व भएपनि यसो औषधीय गुणसमेत रहेको छ । जमरा एक महत्वपूर्ण आयुर्वे्दिक औषधिसमेत हो जसले स्वास्थ्यका लागि निकै फाइदा पुयाउँछ । विशेषत जमराको रुपमा जौं, गहु राख्ने गरिन्छ । १० दिनमा तयार हुने गहु, जौं लगायतका अन्नको अंकुरको प्रयोग अत्यन्तै फाइदा जनक समेत छ । जमारामा पौष्टिक तत्व देखि अन्य तत्वहरु पाइन्छन् जो प्रयोगका लागि निकै फाइदाजनक छ ।

विविध रोगको उपचारमा पनि जौँ उपयुक्त रहेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । चिकित्सक अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाएर नियमित सेवन गर्ने हो भने उच्च रक्तचाप, क्यान्सर तथा मधुमेह लगायतका रोगीलाई फाइदा पुग्ने छ । त्यस्तै जमराको झोलले पेटको रोग, छालाको रोग, वायुविकार जस्ता समस्यापनि हट्ने चिकित्सकहरु बताउँछन् । जमराको प्रयोगबाट हाड, आन्ध्रा, पेट, छाला लगायतका रोगको सफल उपचार सम्भव भैसकेको छ । यसरी धर्मशास्त्रहरुमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबाले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ ।

चिकित्सकका अनुसार प्रत्येक एक ग्राम जौको जमरामा ७७५ मिलिग्राम अर्गानिक सोडियम हुन्छ । यसले रक्त प्रवाहमा हुने क्याल्सियामलाई रगतसँग घुलिएर वग्न मद्दत गर्छ । शरीरका जोर्नीहरुमा जम्मा हुने क्याल्सियामपन घोलिन मद्दत गरी नसाहरु सन्तुलित राख्छ । जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ ।

जमारा दशैंको बेलामा मात्र उमार्नुपर्छ भन्ने छैन । स्वास्थ्यका हिसावले यति धेरै फाइदा पुग्ने भएपछि त जमारा सधै उमारेर यसको प्रयोग गर्न सकिन्छ । यसकालागि घामको किरण नपर्ने स्थानको प्रयोग जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्