Logo

विजया दशमी भनेको शत्रुमाथिको विजय होइन, आँफैमाथिको विजय हो



डा. चिन्तामणि योगी, दर्शनशास्त्री, एवं अध्यक्ष, नेपाल हिन्दु पीठ

दशैँ भनेको विजया बडा दशैँ र विजया दशमी पनि हो । वर्षमा चारवटा नवरात्र हुन्छन् । असोज महिनाको नवरात्रलाई विशेष मानिएको छ ।

विजया दशमी भनेको विजय गर्ने हो । तर शत्रुमाथिको विजय होइन, आँफैमाथिको विजय हो । आफूभित्रका दुर्गुणहरुलाई नाश गर्ने हो । क्रोध र मोहलाई नाश गर्ने हो ।

दशैँको दुईवटा भाग छ । एउटा साधना जुन घटस्थापनादेखि नवमीसम्मको भाग हो । अर्को मनोरञ्जन । यसमा खाने, पिउने रमाइलो गर्ने, टिका लगाउने, आशिर्वाद लिने र दिने हो । यसले सामाजिक सद्भाव कायम राख्न मद्धत गर्छ ।

नेपाल भनेको शक्तिपीठ हो । दशैँको बेलामा गरिने दुर्गा पूजालाई महत्वका साथ हेरिन्छ ।

बलि दिने भनेको उपहार दिने हो । उपहार दिनुपर्दा कुभिण्डोको बलि दिए पनि हुन्छ । उखुको बलि दिए पनि हुन्छ ।

आजभोली पशुबलि प्रथाले बढि प्राथमिकता पाउन थालेको छ । हामीले हाम्रा कमी कमजोरीको बली दिने हो । क्रोध, लोभ र मोहको बलि दिने हो ।

दशैँका बेला टाढा घुम्न जानु राम्रो होइन । भारत, थाइल्याण्ड, बैँकक जस्ता ठाउँमा जाने होइन । दशैँका बेला त आफ्नो गाउँ–घर जानुपर्छ ।

धानको बाला झुलिरहेको छ । प्रकृतिको आनन्द लिने बेलामा अन्त जानु हुँदैन ।
असोज ३१, काठमाण्डौ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot