Logo

ऋषि कट्टेलले दिएको निवेदन निर्वाचन आयोगद्धारा खारेज



काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नामको विवादका विषयमा ऋषि कट्टेल समूहले निर्वाचन आयोगमा दिएको निवेदन खारेज भएको छ ।

निर्वाचन आयोगको संवैधानिक इजलासले कट्टेल समूहको निवेदन खारेज गर्दै पुरानै नामलाई यथावत राख्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको बिहीबार र शुक्रबार बसेको संवैधानिक इजलासको बैठकपछि निवेदन खारेज गर्ने निर्णय गरिएको हो । तत्कालीन दुई वाम दल नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा विवाद भएको थियो ।

सुरुमा नेकपा अन्डरलाइन प्रस्ताव गरिए पनि पछि कोष्ठक भित्र छुट्टिने गरी नेकपा राखी पार्टी दर्ता गरिएको थियो । सत्तारुढ दलले मिल्दोजुल्दो गरी नाम राखेपछि कट्टेल समूह असन्तुष्ट थियो । कट्टेल नेतृत्वको नेकपाले आयोगले आफ्नो पक्षमा निर्णय नगरे सर्वोच्च अदालत जाने बताउदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्