Logo

मलेसिया रोजगारी खुल्दै, आज दुई देशबीच समझदारी



काठमाडौं ११ कार्तिक ।  बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आज(आइतबार) काठमाडौं आउँदैछन् ।

नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तया भएको छ ।

यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आएका हुन् । यसअघि संचालनमा रहेका बायोमेडिकल(बायोमेट्रिक) ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलोपटक नेपाल र मलेसियाबीच (एमओयु) हुन थालेको हो ।

६ महिना अघिकै प्रक्रिया अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने छन् ।

समझदारीमा मुख्य बुँदाहरु

-कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले ब्यहोर्ने

-जेठ २ गतेअघि सन्चालनमा रहेको सिस्टमको निरन्तरता

-म्यानपावरले सेवा शुल्कवापत कामदारसँग पारिश्रमिकको आधा महिनाको मात्र शुल्क लिन पाउने

-दुई देशबीच भएका सहमति तोड्नु परे दुई देशको पुनः सहमति आवश्यक पर्ने

-कामदारको आतेजाते टिकट रोजगारदाताले ब्यहोर्ने

-स्वास्थ्य विमाको ब्यवस्था

-बर्षौदेखिको अब्यवस्थित मलेसिया रोजगारी ब्यवस्थित हुने सम्भावना नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्