Logo

पत्रकारको पीडा : ४ महिनामा कसरी मारिए ३२ पत्रकार ?



एजेन्सी । सुचना प्रवाह गर्ने पेशा हो पत्रकारिता । विश्वभर नै यो पेशालाई सम्मान दिइन्छ । तर हिंसाको सिकारमा पत्रकार पनि पर्ने गरेका छन् । सन् २०१८ को सुरुवाती ४ महिनामा ३२ पत्रकारको हत्या भइसकेको छ ।

मुलुकको भड्किएको गृहयुद्ध, स्थानीय गुण्डा समूहको विरुद्धमा लेख लेख्नु, राजनीतिक पहँुचका आधारमा र कम तलबका कारण हरेक वर्ष पत्रकारले ज्यान गुमाउने गरेका छन् । सन् २०१८ को सुरुवाती ४ महिनामा ३२ पत्रकारको हत्या भइसकेको छ । औसतमा प्रतिमहिना ८ जना पत्रकारको मृत्यु भइरहको छ । व्यवसायिक पत्रकारहरू, नागरिक पत्रकारहरू र मिडिया कर्मचारीहरू गरेर कुल ६५ पत्रकारहरूको २०१७ मा मारिएका थिए ।

जसमा २६ जानाले आत्मघाति बम बिस्पोट र आक्रमणमा परि ज्यान गुमाएका थिए । त्यसैगरि ३९ जनाको हत्या गरिएको थियो । इराक, सिरिया, यमन, लिबिया तथा भारतमा मृत्यु हुने पत्रकारको संख्या उच्च रहेको छ । ल्याटिन अमेरिकामा प्रति महिना १२ भन्दा धेरै पत्रकारको हत्या हुन्छ । सबैभन्दा बढी हत्या मेक्सिकोमा हुन्छ । दक्षिण एसियामा पनि पत्रकारको हत्या हुनु ठूलो कुरा होइन । भारतमै पछिल्लो साल ७ र यो वर्षको सुरुवाती चार महिनामा ३ पत्रकारको हत्या भइसकेको छ । बंगलादेशमा गतवर्ष एक पत्रकारको हत्या भयो । यस्तैमा पत्रकारको लागि सबैभन्दा खतरनाक ठाउँ भने अफगानिस्तान नै हो ।

अफगानिस्तानमा पत्रकारको हत्या निशाना बनाएर गरिँदै आएको पाइन्छ । एक बम विस्फोटको घटनामाथि रिपोर्टिङ गर्न गएका पत्रकारलाई नै निशाना बनाएर बम विस्फोट गराइयो । पत्रकारको मृत्यु हुने प्रमुख कारण देशमा भड्किएको गृहयुद्ध, स्थानीय गुण्डा समूहको विरुद्धमा लेख लेख्नुले पनि पत्रकार सिकार बन्ने गरेका छन् । २०१७ मा नै साउदी अरबका पत्रकार जमाल खसोगी हत्या भएको थियो । तर हत्या कसले र कसरी भयो भने पुष्टी भएको छैन् ।

सन् २०१६ को सुरुदेखि हालसम्म ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका छ । यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन् । यसैगरी अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौजना र इराकमा पाँचजना भएका थियो ।

सन् २०१५ मा ६७ जना पत्रकार मारिएका तुलनामा भने २०१६ मा यो संख्या केही कम भएकोे छ । विशेषगरी सिरिया, इराक, लिबिया, यमन, अफगानिस्तान र बुरुन्डी जस्ता सदाकाल युद्धग्रस्त र समाचार संकलन गर्नका लागि अत्यन्तै जोखिमयुक्त देशमा गएका पत्रकार त्यहाँबाट पलायन भएका हुनाले पनि यो संख्यामा कमी आएको हो । त्यस्तै आठजना सञ्चारकर्मी र नौजना इन्टरनेट सूचना ब्लगरहरू पनि सन् २०१५ मै मारिएका छन् ।



प्रतिक्रिया दिनुहोस्