Logo

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे



नेपालगञ्ज, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट र भ्रष्टाचारबाट उन्मुक्ति पाउने छुट कसैलाई नहुने बताउनुभयो ।

प्रमुख आयुक्त घिमिरेले गाउँगाउँमा काम गर्ने राष्ट्रसेवक कर्मचारीको व्यवहारबाटै सर्वसाधारणमा सरकारप्रतिको विश्वास बढ्ने बताउँदै प्रदेश र स्थानीय सरकार तथा राष्ट्रसेवक कर्मचारी सबैले प्राप्त उपलब्धिको संस्थागत विकास र संरक्षणमा इमान्दारीपूर्वक सक्रिय भएर लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार रु पाँच करोड २८ लाख ४५ हजारको लागतमा उक्त सम्पर्क कार्यालयको प्रशासनिक र सुरक्षा भवनको निर्माण सम्पन्न भएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्