Logo

तुलाधरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनुपर्ने स्थानीयवासीको माग



काठमाडौं, १८ कात्तिक । पाका एवम् चर्चित वामपन्थी नेता तथा मानवअधिकारवादी अभियन्ता पद्मरत्न तुलाधरको आज अपरान्ह निधन भएको छ । तुलाधारले नेपालको लोकतान्त्रिक आन्दोलनमा उदाहरणीय योगदान पुर्‍याएका थिए ।

काठमाडौ‌को थापाथलीस्थित नर्भिक अन्तर्रा्ष्टिय अस्पतालमा उपचारको क्रममा नेता तुलाधरको निधन भएको हो। ७८ वर्षिय तुलाधारको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। आइतबार अपरान्ह २ः०४ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। तुलाधर नेपाल भाषा तथा मानव अधिकार आन्दोलनका अगुवा हुन्।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उनको परिवारका सदस्यले जानकारी दिए। नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए। उनी पत्रकार तथा साहित्यकार पनि थिए। स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ। स्थानीयहरुले तुलाधरलाई राजकीय सम्मान दिनुपर्ने माग गरेका छन् । तर, उनको परिवारले भने अहिलेसम्म यसबारेमा केही पनि माग गरेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot