Logo

रास्वपा संसदीय दलको बैठक बस्दै 



काठमाडौं, वैशाख २५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। पार्टीको संसदीय कार्यालय सिंहदरवारमा अहिले बिहान ८ बजे बैठक बस्न लागेको हो ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आजको बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने छ । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot