Logo

राजा महेन्द्रले बनाएको ‘पानीजहाज ऐन’ ४८ वर्षदेखि निष्क्रिय



काठमाडौं १९ कार्तिक ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशकै पानीजहाजमा सामान ढुवानी गर्ने घोषणा गरेको साढे दुई वर्ष भयो । अखिल नेपाल महिला संघको २०७३ जेठ ४ को कार्यक्रममा उनले आफ्नै पानीजहाज किनेर सामान ओसार्ने बताएका थिए ।

त्यही घोषणाअनुसार सरकारले यस वर्षको नीति तथा कार्यक्रमको बुँदा ५२ मा कोसी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानुनी, नीतिगत र संस्थागत व्यवस्था गरिने उल्लेख छ । बजेट वक्तव्यको १७५ बुँदामा कोसी, गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालन गर्न सम्भावना अध्ययन कार्य सम्पन्न गर्ने भनिएको छ ।

प्रधानमन्त्री ओलीले नेपालमा पानीजहाजको कल्पना गरेको ४८ वर्षअघि २०२७ सालमै मुलुकमा पानीजहाज दर्ता ऐन बनिसकेको थियो । तत्कालिन राजा महेन्द्रले राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले पानीजहाज ऐन बनाएका हुन् ।

ऐन २०२७ चैत ३० मा राजपत्रमा प्रकाशित भयो । ऐन कार्यान्वयनमा नआए पनि राजनीतिक व्यवस्था परिवर्तनसँगै संशोधन हुँदै गयो । तर, ऐनमा राखिएको प्रावधान भने कार्यान्वयन हुन सकेको छैन । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot