Logo

स्याङ्जामा स्वर्ग ! कमजोरीकाबीच विश्वकप प्याराग्लाइडिङ सम्पन्न



स्याङ्जा । स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप सफलतापूर्वक सम्पन्न भयो । पहिलो पटक शाहसिक प्रतियोगिता भएपनि आबश्यक व्यबस्थापनको कमिले गर्दा धेरै खेलाडीले भाग लिनबाट बन्चित हुन पुगे ।

स्याङ्जाको भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटको आकासमा विहान ९ बजे पछि गिद्ध जस्तै आकारमा ठूला र रंगिविरंगी बस्तुहरु उडेको देखियो । त्यो दृष्य ४ दिनसम्म अर्थात कात्र्तिक १८ गतेसम्म चल्यो । लाग्थ्यो प्राकृतिक आयामले बर्षको कुनै समयमा बोलाएका विभिन्न चराचुरंगीहरुको हुलले एकै चोटि स्याङजाको आकासमा उडेर प्राकृतिक आनन्द लिदैछन ।

प्राकृतिक सौन्दर्यताले भरिएको स्याङ्जा जिल्लामा झन यस्तो किसमको दृश्यले स्वर्गले पृथ्वीलाई छोइरहेको आभास मिल्थ्यो । यो दृष्य नेपालमा पहिलो पटक भएको २०१८ को प्याराग्लाइडिङ विश्व कपमा भाग लिएका विभिन्न देशका खेलाडीहरुलको थियो । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाईडिङ्ग बिश्व कप आयोजना गरिएको हो ।

प्रतियोगितामा भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएका भए पनि आवश्यक सामग्रीको अभावले मात्र ७० जना खेलाडीले मात्र प्रतियोगितामा भाग लिन पाए ।

नेपालले आफ्नै ठाउँमा भएको प्याराग्लाइडिङमा खासै राम्रो नतिजा निकाल्न नसकेपनि सम्मानजनक स्थानमा उभिन भने सफल भयो । यो विश्वकपमा कोरियाले निकै प्रभावशालि प्रर्दशन गर्दै आफ्नो बर्चस्व कायम ग¥यो । प्रतियोगितामा भाग लिन चाहनेहरु थुपै्र थिए, तर नाम दर्ता गरेकाहरुले समेत खेल्न नपाउँदा केही नकारात्मक सन्देश प्रवाह भएको छ । यो सबै कमजोरी व्यवस्थापको थियो । सरकारले उचित वातावरण र व्यवस्थापन गर्न सक्ने हो भने प्याराग्लाइडिङबाट मात्रै पनि मुलुकको खेल क्षेत्र मात्र होइन पर्यटकिय विकासमा पनि फड्को मार्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्