Logo

मानिसका कारण वन्यजन्तुको संख्या ६० प्रतिशतले घट्यो



एजेन्सी । मानिसका कारण वन्यजन्तुको संख्या ६० प्रतिशतले घटेको विश्व वन्यजन्तु कोषले जनाएको छ । मानिसका लागि आवश्यक खानाको बढ्दो उत्पादन, उर्जा, जमिन र पानीको बढ्दो मागका कारण वन्यजन्तुका जीवनको संरचना नास हुँदै गएको छ ।

प्रदुषण, वनविनाश, जलवायु परिवर्तनजस्ता कारणले जीवजन्तु मारिएका हुन्। मानिसका कारण जीवजन्तु मासिएसँगै मानव सभ्याता नै संकटमा पर्नसक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । मानिसका लागि आवश्यक खानाको बढ्दो उत्पादन, उर्जा, जमिन र पानीको बढ्दो मागका कारण यस्तो परिवर्तन भइरहेको हो। दक्षिण र मध्य अमेरिकामा हाड भएका जन्तुको संख्यामा नाटकीय कमी आएको छ ।

१९७० को तुलनामा अहिले यस्तो जीवको संख्या ८९ प्रतिशत कम भएको छ।प्लास्टिक प्रदुषणका कारण समुद्री जीवका प्रजाति पनि जोखिममा छन् । तालतलैया, नदी र सिमसारमा बस्ने जीव पनि १९७० को तुलनामा ८३ प्रतिशतले कम भएका छन् । यसले पृथ्वीमा वन्यजन्तुको अवस्थाको मूल्यांकन गर्छ । रिपोर्टअनुसार हाल पृथ्वीको तीन चौथाई जमिनलाई मानवीय गतिविधिले प्रभावित तुल्याएको छ । खेतीपातीका लागि जीवजन्तुको प्राकृतिक बासस्थान नष्ट गर्दा वन्यजन्तुमा सबैभन्दा बढी असर परेको हो ।

पृथ्वीको एक चौथाई जमिन मात्र मानवीय गतिविधिको प्रभावबाट मुक्त छ । सन् २०५० सम्ममा त्यस्तो जमिन १० प्रतिशतमा खुम्चिने चेतावनी पनि दिइएको छ । वन्यजन्तुको संख्या घट्ने दोस्रो कारण हो, खानाका लागि जीवजन्तु मार्नु ।

मानिसले खानका लागि मारेकै कारण तीन सय प्रजातिका स्तनधारी लोप हुने खतरामा छन् । त्यसैगरी रासायनिक प्रदुषणका कारण पनि प्रजाति मारिइरहेका छन् । डब्लुडब्लुएफले ‘प्रकृति र मानिसका लागि नयाँ विश्वाव्यापी सम्झौता’ गर्न आह्वान गरेको छ । खानाको उपभोग र स्रोतको अत्यधिक दोहनका कारण अर्बौँ वर्षमा तयार भएको जीवनको संरचना नास हुँदै गएको रिपोर्टमा उल्लेख छ । वन्यजन्तुको संख्यामा डरलाग्दो गिरावट आएको छ ।

डब्लुडब्लुएफका निर्देशकका अनुसार यदि मानिसको संख्या ६० प्रतिशतले कम हुने हो भने त्यो उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, चीन र ओसेनियालाई खाली गराएबराबर हुन्छ । यसअघिका विभिन्न अध्ययनले पनि जैविक विविधता नास हुँदै गएको पुष्टि गरिसकेका छन् । थुप्रै वैज्ञानिकले छैठौँ सामूहिक प्रजाति लोप सुरु भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्