Logo

कुकुरबारे यस्ता छन् रोचक र पत्याउनै नसकिने रहस्य



कात्तिक २०, काठमाण्डौ । आज कुकुर तिहार । तिहारको दोस्रो दिन कुकुरलाई पूजा गरी फूलमाला लगाइदिई कुकुरको सम्मान गरिन्छ ।

घरपालुवा जनावरमध्ये कुकुर यस्तो जनावर हो, जसको प्रयोग कामका लागि मात्रै गरिन्छ । कुकुरलाई वुद्धिमान, इमानदार र बफादार जनावको रुपमा लिइन्छ ।

अखिर कुकुरमा के त्यस्तो गुण छ, जसका कारण सबैले मन पराउँछन् त ?

कुकुरको सबैभन्दा अब्बल पक्ष भनेको सुँघ्ने क्षमता हो । कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुन्छ । कुकुरको सुँघ्ने क्षमता भएको सेलको सङ्ख्या २५० मिलियन हुन्छ। जबकि मानिसको भने ५ मिलियन मात्र हुन्छ ।

त्यसैगरी कुकुरको कान निकै ताठो हुन्छ । मस्त निद्रामा पनि सानो आवाज पनि थाहा पाउन सक्छ । सुन्न सक्ने क्षमता पनि मानिसको भन्दा कुकुरको धेरै गुणा बढी हुने गर्छ। मानिसले २० हर्जदेखि २० हजार हर्जसम्म सुन्न सक्छ । कुकुरले भने २० हर्जदेखि १० लाख हर्जसम्म सुन्ने क्षमता राखेको हुन्छ ।

कुकरको अर्को पक्ष भनेको दृश्टी हो । राति कुकुरले झनै मज्जाले देख्न सक्छ । मानिसको आँखाले पछाडि केही रहेको छरछैन भन्ने देख्न सक्दैन । कुकुरले आफ्नो पछाडि, दायाँबायाँ मज्जाले देख्न सक्छ। कुकुरले २७० डिग्रीसम्मको एन्गलमा देख्ने गर्छ ।

तालिम प्राप्त कुकुरले २५ जना खाली हात बराबरका मानिसले दिने सुरक्षा दिन सक्छ। त्यसैले कारागार, विशिष्ट व्यक्तिको सुरक्षामा कुकुरलाई खटाइने गरिन्छ ।

अहिले नेपाल प्रहरीसँग भएका कुकुरले १ दिनका घटनाको मात्र सुँघेर पत्ता लगाउने गरेको छ । तर ब्लड हाउन्ड कुकुरले भने ४ दिनसम्मको घटनालाई सुँघेर पत्ता लगाउन सक्छ । ब्लड हाउन्ड नेपाल प्रहरीले केही समयअघि भित्र्याएको छ । यो कुकुरको सुँघ्ने क्षमता ३ सय मिलियनभन्दा बढी हुन्छ ।

नेपाल प्रहरीसँग अहिले ७९ वटा तालिमप्राप्त कुकुर छन् । घटनाको अनुसन्धानमात्र होइन भिआइपीको सुरक्षा, विस्फोटक पदार्थ र लागू औषधको खोजीमा समेत प्रहरीको कुकुरले सफलता हात पार्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्