Logo

अपराध अनुसन्धानमा प्रहरीको कुकुर : सफल कि असफल ?



कात्तिक २६, काठमाण्डौ । नेपालमा २०२६ सालदेखि अपराध तथा अनुसन्धानमा कुकुरको प्रयोग हुन थालेको हो । अपराधी पत्ता लगाउन कुकुरको प्रयोग, यसको अवस्था र कुकुरले पु¥याएको योगदान कस्तो छ त ?

महाराजगंजस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कूलमा अहिले विभिन्न प्रजातिका ८० वटा तालिम प्राप्त कुकुरहरु छन । प्रहरीले अनुसन्धानका लागि बेल्जीयनी, जर्मन सेफर्ड जस्ता आठ प्रजातिका कुकुर राखेको छ । नेपाल प्रहरीले नेपाल लगायत अमेरिका, भारत, थाइल्यान्ड लगायतका देशबाट कुकुर ल्याउने गरेको छ । अहिले नेपाल प्रहरीसँग ट्रयाकर डग, लागू औषध पत्ता लगाउने, विस्फोटक तथा हातहतियार पत्ता लगाउने, गस्ति, सुरक्षा, खोजी एवम् उद्दार गरी विभिन्न ६ विधामा काम गर्ने कुकुरहरु रहेका छन् ।

नेपाल प्रहरीको विभिन्न अनुसन्धान कार्यमा तालिम प्राप्त कुुकुरहरुको कार्यशैली पहिलेको भन्दा निकै प्रभावशाली भएको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रले जनाएको छ ।

तालिम स्कुलको तत्थाङ्क अनुसार २०४० साल देखि २०७५ सालसम्म कुकुरको प्रयोगबाट २० घटनाका अभियुक्त पत्ता लागेका छन । यस्तै, कुकुरको प्रयोगकाट २०६४ साल देखि २०७४ सालसम्म खोजी तथा उद्दार बिषयसँग सम्बन्धी १२ घटनामा र लागू औषधसँग सम्बन्धीत २ ओटा घटनामा सफलता मिलेको छ ।

नेपाल प्रहरीसँग भएका कुकुर मध्य सबैभन्दा बढी २८ वटा जर्मन सेफर्ड छन् । यो जातका कुकुर लागू औषध, हातहतियार, विस्फोटक पदार्थ, सुरक्षा गस्ती लगायत सबै विधामा उपयोग हुन्छ । त्यस्तै ११ वटा ल्याब्राडोर जातका कुकुर हातहतियार र लागू औषध पत्ता लगाउन मात्र प्रयोग हुने गरेका छन ।

केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा कुकुरहरुका लागि दैनिक १ घण्टा शारीरिक व्यायाम गराइन्छ । ब्यायाम गराए लगत्तै लागूऔषध, ट्रयाकर, हातहतियार लुकाएर खोज्न लगाउने गरिन्छ ।

देशमा विभिन्न किसिमका अपराधिक घटनाहरु बढ्दै गहिरहेका छन् । यस्ता अपराधि घट्नाहरु बढ्दा तालिम प्राप्त कुकुरहरुको कार्यशैलीलाई थप प्रभावकारी बनाउन सके प्रहरीसंगठनलाई अपराध अनुसन्धानमा थप सहयोग मिल्ने छ ।



प्रतिक्रिया दिनुहोस्