Logo

नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलायो (फोटोफिचर)



काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरी कारबाही अघि बढाएको छ ।

काठमाडौंको वाल्मिकी विद्यापीठका नेविसंघसम्वद्ध विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्रीको तस्वीर टाँसिएको पुत्ला जलाएपछि प्रहरीले उनीहरुलाई लेखेटेको थियो ।

सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग चलाएको र लोकतन्त्रमा वाक स्वतन्त्रत्रामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले देशका विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्