Logo

विद्यार्थी नियमित गराउन दिवा खाजा



काठमाडौँ,२८ कात्तिक । विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो ।

विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले बताए । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय रहेकामा माध्यमिक तहका १० विद्यालयबाहेक आधारभूत, प्राथमिक र बालविकास केन्द्र गरी २१ विद्यालयमा यस वर्षदेखि दिवा खाजाको व्यवस्था गरिएको राना बताउन्छन।

“दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने अपेक्षा गरेका छौँ,” उनले सुनाए । विद्यार्थी नियमित नआउने समस्या देखेपछि आकर्षण बढाउन खाजाको व्यवस्था गरिएको हो । दिवा खाजाको व्यवस्थापनका लागि यस वर्ष रु २५ लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot