Logo

वाइडबडि खरिदमा सुगतको भ्रष्टाचार मदन खरेलले यसरी पुष्टी गरे (भिडियोसहित)



कात्तिक ३०, काठमाण्डौ । नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ ।

बिहीबार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गरेका थिए । खरेलले प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै निगमको कर्जा अत्याधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका छन् ।

निगम समस्या रहेको उल्लेख गर्दै उनले धरासायी नै भइसक्यो भन्ने तर्क भने स्विकार गरेनन् । निगम सुधारका लागि आफू रातदिन खटिएको दावी गर्दै खरेलले निगमलाई नाफामूलक बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

वायु सेवा निगमको जहाजको तिर्नुपर्ने कर्जा ३२.८७ अर्ब रहेको छ । निगमको दीर्घकालीन कर्जा र जम्मा पूँजी ३९.८२ रहेकोले निगम उच्च जोखिममा रहेको छ ।

कर्जा तिर्नका लागि निगमले वाषिर्क १०.५० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्ने हुँदा निगमलाई उच्च किस्ता तिर्नुपर्ने भएकाले यसले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर परेको खरेलले बताए ।

निगमभित्र भएको भ्रष्टाचार नै सबैभन्दा ठूलो रोग भएको भन्दै खरेलले त्यस्ता भ्रष्टाचार निर्मूल गर्ने प्रतिवद्धता व्यक्त गरे । महाप्रबन्धक सुगतरत्न कंशाकारले भ्रष्टाचार गरेको भन्ने विषयमा अहिले नै आफूले केही भन्न नसक्ने खरेलले बताए ।



प्रतिक्रिया दिनुहोस्