मंसिर १, काठमाण्डौ । चुनावका बेला सबैभन्दा धेरै चर्चा थियो काठमाण्डौ महानगरको । चर्चा यसकारण थियो कि महानगरको मेयर बन्न उम्मेदवार बनेकाहरुले मनै लोभ्याउने घोषणापत्र सार्वजनिक गरेका थिए । तर अहिले काम होइन, विवाद र वेथिती बढि देखिएको छ ।
चुनावअघि एमाले नेता विद्यासुन्दर शाक्यले दिएका चिल्ला भाषणमा रमाउँदै राजधानीबासीले उनलाई अत्याधिक बहुमतले मेयर बनाए । १ वर्षभित्रै नमूना शहर बनाउने गुलिया गफ दिएका शाक्य पछिल्लो समय आफ्नै अकमण्यताका कारण सवत्र्र आलोचित र अलोकप्रिय बन्न पुगेका छन् ।
राजधानीबासीका दैनन्य समस्या उस्तै छन् । सडक, खानेपानीमात्र होइन राजधानीको प्रदुषणस्तर पनि प्रत्येक दिन बढिरहेको छ । अस्तव्यस्त सडक, चोकका साथै निश्प्रभावी स्थानीय तहका कारणले काठमाण्डौमा जनप्रतिनिधि भएको कुनै आभाष छैन । जनप्रतिनिधिको कामबाट रुष्ट बनेका सर्वसाधारणले जति नै विरोध र आलोचना गरेपनि मेयर शाक्यले भने एककानबाट सुन्ने अर्कोबाट उडाउने गरेका छन् । व्यापक असन्तुष्टि भएपनि उनले जनअपेक्षा अनुसार काम गर्न जिम्मेवार देखिएका छैनन् । बरु उनलाई विदेश घुमेरै भ्याइनभ्याई छ ।
अस्तव्यस्त र असुरक्षित काठमाण्डौका मेयर शाक्य यो आर्थिक वर्ष लागेसँगै तीनपटक त विदेश शयरमै गइसकेका छन् । गत साउन १६ गते शहर अवलोकन गर्न भन्दै मेयर शाक्य जापान गएका थिए । त्यसपछि उनी भदौ ३० गते अमेरिका गए । त्यहाँ पनि उनी महानगरको अवलोकन गर्न गएको भनिएको थियो । त्यसपछि पुनः यतिबेला मेयर र उपमेयर समेत चीन भ्रमणमा व्यस्त छन् । महानगरपालिकाले मेयरको पछिल्लो भ्रमणलाई दुईदेशीय सम्बन्ध सुधारका लागि भनेको छ । तर, यो सब वहाना हो भन्ने छर्लंगै छ ।
महानगरका समस्या समाधान गर्न सिन्को नभाँचेका जनप्रतिनिधिहरु किन महिनैपिच्छे विदेश शयरमा गएका होलान् भनेर सोध्दा महानगरका प्रमुख कार्यकारी अधिकृत यादव कोइराला तर्किए उनले आफुले बोल्न नभ्याउने प्रतिक्रिया दिए ।
कुराकानी गर्ने खोज्दा काठमाडौ माहानगरपलिका को कार्यकारी अधिकृत यादव कोइरालाले भने बोल्नको लागि अस्विकार गरिदिए । महानगरपालिकाका प्रवतm ज्ञानेन्द्र कार्कीले भने यस विषयमा गैरजिम्मेवार जवाफ दिए । मेयर उपमेयर नहुँदा पनि काममा खासै बाधा नपर्ने भन्दै उनले पछिल्लो भ्रमण नेपालको हितमा भएको दावी गरे ।
यता महानगरबासी भने मेयर उपमेयर र महानगरपालिकाको काम देखेर रुष्ट छन् । उनीहरुले महानगरका पदाधिकारीहरु गैरजिम्मेवार भएको टिप्पणी गर्छन ।
महानगरको कामलाई तीव्र बनाएर मेयर विदेशका शहर अवलोकन गर्न जानु आफैमा गलत होइन । तर, उता गएर केही पनि नसिक्ने र सिकेका कुरा पनि कार्यान्वयन गर्न नसक्ने हो भने नेतृत्वको कुनै अर्थ छैन । जनप्रतिनिधि हुनुभन्दा पहिले ठूला ठूला नारा दिने र पदमा पुगिसकेपछि तलबभत्ता र घुमघाममै रमाउने प्रवृत्ति बन्द नुहँदा जनताका अपेक्षाहरु सँधै कतिञ्जेल निराशामा परिणत हुने ?