Logo

देशका लागि कांग्रेसले जति योगदान अरु कसैले दिएको छैन : खतिवडा



मंसिर ४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेसले देशका लागि गरेको काम आजसम्म अरु कसैले नगरेको र भोलीका दिनमा पनि गर्न नसक्ने जिकिर गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खतिवडाले हिजोका दिनमा कांग्रेसले बनाउन लागेका ठूला आयोजनामा बम पड्काउनेहरुले अहिले कांग्रेसलाई केही गरेन भनेर आरोप लागनुको कुनै अर्थ नरहेको बताए ।

“नेपालको इतिहासमा जसले जति गर्व गरे पनि, दुई तिहाईकै सरकार बनाए पनि जनताको हितमा काम गर्न सकेनन् ।” उनले भने ।

तर कांग्रेसभित्रको गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको खतिवडाको आरोप छ ।

कांग्रेसभित्रको टुटफुट र गुटको राजनीति अन्त्य गर्दै अबका दिनमा अझै प्रभावकारी काम गर्नका लागि तयार हुनुपर्ने खतिवडाको सुझाब छ ।

अब देशैभरी कांग्रेसका नेता, कार्यकता एकजुट हुनुपर्ने बेला आएको खतिवडाले बताए । उनले आफू कुनै पनि नेताको गुटमा नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्