Logo

आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) शुरु



विराटनगर, ८ मङसिर / प्रदेश नं १ मा हिमाल हेर्नका लागि स्वदेशी तथा विदेशीलाई सहज रुपमा अवलोकन गर्न आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) शुरु गरिएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, प्रदेशका मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजङ्घा, लोत्से, मकालु, लगातयका हिम शिखरको उडानबाट अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री राईले प्रदेशको समृद्धका लागि पर्यटन क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनुभएको छ । माउन्टेन फ्लाइटबाट अवलोकन पश्चात आयोजित कायक्रममा उहाँले यस प्रकारको उडानबाट पर्यटन व्यवसायको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशभित्र रहेका पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्न प्रदेश सरकार लागि परेको बताउँदै उहाँले छिमेकी मुलुकका पर्यटक आवागमबाट पर्यटन व्यवसायी र रोजगारीमा वृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेकाले सरकार हातेमालो गर्न तयार रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले हिमाली उडान नियमित गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यति एयरलाइन्सको भाडामा लिइएको उक्त विमानबाट प्रत्येक शनिबार बिहान हिमाल उडान हुने बताइएको छ । छिमेकी देश भारतका पश्चिम बङ्गाल, विहार, उत्तरप्रदेश र बङ्गलादेशका पर्यटक उक्त उडानबाट लाभान्वित हुने विराट होलिडेजका अध्यक्ष भविष्कुमार श्रेष्ठले बताउनुभयो ।
हिमाल उडान ५५ मिनेटको हुने छ । नेपाली तथा भारतीयलाई रु नौ हजार ९०० शुल्क कायम गरिएको छ भने अन्य देशका पर्यटकका लागि १५६ अमेरिकी डलर रहेको छ ।

उक्त उडानवाट प्रदेशमा रहेका आठ हजार मिटरमाथिका हिमशृङ्खला अवलोकन गर्न पाइने छन् । काठमाडौँबाट हिमाली उडानका लागि प्रति यात्रु रु ११ हजार ६३५ तिर्नुपर्ने बताइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot