Logo

प्रभु साहद्धारा ग्वार्को आगलागीमा गम्भीर घाइते भएका सञ्जय र रुपा गिरीको स्वास्थ्यलाभको कामना



काठमाडौं, २६ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ललितपुरको आगलागीमा परी गम्भीर घाईते भएर किष्ट अस्पतालमा उपचारार्थ सञ्जय गिरी र रुपा गिरीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

सो क्रममा उनले आगलागीस्थलको अवलोकनसमेत गरेका थिए । देशको संघीय राजधानीमा आगलागीजस्तो दर्दनाक घट्ना भएको तीन दिन बितिसक्दापनि राज्य पक्षको कुनै उपस्थिति नदेखिनु दुःखद् भएको पूर्वमन्त्री साहको टिप्पणी छ । आगलागीमा परि जलेर ५ जना घाइते भएका थिए । तीमध्ये ८ वर्षकी एलिशा गिरी र ५ वर्षकी प्रिया गिरीको उपचारको क्रममा मृत्यु भएको छ ।

पीडित परिवारलाई राहतको साथै गिरी दम्पत्तिको उपचारको व्यवस्था गर्न पनि साहले सरकारसमक्ष विशेष अनुरोध गरेका छन् । साहले फेशबुकमा लेखेका छन्-

ललितपुरमा भएको आगलागीबाट घाईते भई किष्ट अस्पतालमा उपचार गराई राख्नु भएका संजय गिरी र रूपा गिरी संग भेटी शिघ्र स्वास्थ्य लाभको कामना गरियो । साथै सोहीक्रममा आगलागी स्थलको अवलोकन एवं पीड़ित परिवार संग भेटघाट गरि गहिरो सहानुभुति सहित धैर्यधारण गर्न बिशेष आग्रह गरियो ।

देशको राजधानीमा यस्तो दर्दनायक घटना भएको तिन दिन बितीसकदा पनि राज्यको कुनै उपस्थिति न देखिनू दुःखद हो । यसमा सरकारको तुरुन्त ध्यान जाने बिश्वास सहित घाईतेहरुको उपचार एवं पीड़ित परिवारलाई राहतको ब्यवस्था गर्न नेपाल सरकार संग बिशेष आग्रह गर्दछु ।



प्रतिक्रिया दिनुहोस्