Logo

दोहोरी प्रतिष्ठानले सूरु गर्यो मृगौला पीडित केसी बचाउ अभियान !



काठमाडौं । प्युठान जिल्ला, नौ बहिनी गाउपालिका वडा नंं ३ निवासी ३२ बर्षिया बसन्ता केसी बिगत ४ बर्ष देखि मृगौला पीडित छिन् । मृगौला पीडित बसन्ता केसी बचाउ अभियानका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौले अभियान सुरु गर्न मंंसिर १० गते पत्रकार सम्मेलन गरेको छ ।

उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, जिल्ला समिती प्युठान कि पुर्व सदस्य हुन् । उनले ४ बर्ष अघि एउटा मृगौला गुमाएकी थिइन् र हालस् अर्को मृगौलाले पनि काम गर्न छोडेको छ ।

पत्रकार सम्मेलन उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाको अध्यक्षता, केन्द्रिय महासचीव सुबास केसिको प्रमुख आतिथ्यता र राजकुमार रायमाझीको संचालनमा सम्पन्न भएको थियो । सो सम्मेलनमा सुजन लम्साल, बिक्रम थापा, तिलक परियार, उत्तम सुबेदी, शर्मिला कंडेल, गंगा पुन, रबिन लामिछाने लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । आर्थिक अवस्था कमजोरीका कारण उनको उपचार हुन सकेको छैन । उनको उपचारका लागी ३५ देखि ४० लाख रुपैयाँ लाग्ने चिकित्सकको अनुमान रहेको छ ।

मृगौला पिडित बसन्ता केसीको उपचारार्थ खर्चका लागि कलाकार कल्याणकारी कोषबाट रु ५० हजार आर्थिक सहयोग हुने घोषणा भएको छ । लोक दोहोरी प्रतिस्ठानका हरेक शाखाहरुबाट आर्थिक सहयोग उठाउने कार्य सुरु भएको कुरा केन्द्रिय महासचिव सुबास केसि र उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाले जानकारी गराउदै आर्थिक सहयोग गरिदिन सबै सामु अनुरोध गरेका छन् । बहिनिको उपचारको लागि आर्थिक रुपमा सहयोग गरिदिनका लागी उनका दाजु डिल बहादुर केसीले अपिल गरेका छन् ।

उनलाई आर्थिक सहयोग गर्न चाहने ब्यक्तिहरुले गोंगबु , सामाखुसी, काठमाडौमा रहेको एभरेष्ट बैंकको खाता नम्बर ०४८००५०१२०३१७३ मा जम्मा गरि सहयोग गर्न सक्नेछन् । मृगौला पीडित बसन्ता केसीको सम्पर्क नम्बर ९८१८८०६३७२८, दाजु डिल बहादुर केसी ९९८६८६१७६६९०, भाइ बिशाल केसी ९९८०८०३०१३०० लाई सम्पर्क गर्न सकिने छ । साभार



प्रतिक्रिया दिनुहोस्