मंसिर १४, काठमाण्डौ । एसिया प्यासिफिक समिटका लागि सवारी साधनमा जोरविजोर प्रणाली लागेपछि हिजैदेखि यसको विरोध भएको थियो ।
आज पनि विभिन्न स्थानमा जोरविजोर प्रणालीको विरोध भइरहेको छ । विहानै भृकुटीमण्डपस्थित आआर क्याम्पसबाट विद्यार्थीहरुले जोरविजोर प्रणालीको विरोधस्वरुप ¥याली निकालेका थिए ।
त्यसक्रममा ¥याली रातोपुल पुगेपछि प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हस्तक्षेप गरि नेबि संघका नेताहरु दुजाङ्ग शेर्पा, तपेन्द्र खड्का, मंग्ल गुरुङ, सुनिल शर्मा र पुष्कर वास्तोलालाई पक्राउ गरेको पक्राउ परेका शर्माले जानकारी दिए ।
पक्राउ परेका डोजाङ्ग शेर्पा ने बि सङ्घका नेता हुन भने बास्तोला आरआर क्याम्पस नेविसंघका अध्यक्ष हुन् । त्यसैगष्री शर्मा र तिमिल्सिना उपाध्यक्ष हुन् । रविन केसी सोही क्याम्पसका कोषध्यक्ष हुन् ।
सरकारले धर्मान्तरका लागि आयोजित समिटलाई आवश्यकताभन्दा धेरै महत्व दिएर जनतालाई दुःख दिएकाले विरोध गरिएको पक्राउ परेका सुनिल शर्माले बताए ।