Logo

बडिमालिकामा पहिलो पटक नगर शिक्षक



काठमाडौँ,१६ मंसिर । बाजुराको बडिमालिका नगरपालिकाले जिल्लामै पहिलोपटक नगर क्षेत्रका विद्यालयमा पूर्ण दरबन्दी कायम गर्ने भएको छ । नगरपालिकाबाटै सुविधा दिने गरी नगर शिक्षकको व्यवस्था गरेर सामुदायिक विद्यालयमा पूर्ण दरबन्दी कायम गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।

सङ्घीय सरकारका दरबन्दी अपुग रहेको विद्यालयमा नगरपालिकाले तलब सुविधा दिने गरी नगर स्वयंसेवक शिक्षक नियुक्ति गर्ने प्रक्रिया शुरु गरिएको नगरप्रमुख पदम बडुवालले बताउनुभयो । बडिमालिका नगरपालिकामा रहेका २५ विद्यालयमा हाल राहत अनुदान, साँवा, स्थायी गरी १३१ सङ्घीय सरकारको दरबन्दीमा रहेका शिक्षक कार्यरत छन् ।

हाल नगरपालिका क्षेत्रमा शैक्षिक उपलब्धि दर ४० प्रतिशत मात्र रहेको छ । थपिएका ४७ जनाको दरबन्दीमा पनि स्थानीयलाई र विषयगत शिक्षकलाई पहिलो प्राथमिकता दिने नगरपालिकाले निर्णय गरेको छ । नगरले राख्ने शिक्षकलाई रु १७ हजार ५०० देखि २२ हजारसम्म सुविधा दिने निर्णय गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot