Logo

मन्त्रिपरिषद बैठकमा ऋषि धमलासँगको रावलको अन्र्तवार्ता देखाईयो



काठमाडौं, १८ मंसिर । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकमा सरकारकै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना पार्टीका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेको भिडियो देखाएपछि एकछिन त्यही अन्र्तवार्ताको चर्चा भएको बुझिएको छ ।

सरकारकै एक मन्त्रीले दिएको जानकारी अनुसार हिजोको मन्त्रिपरिषद बैठकमा रक्षामन्त्री पोखरेलले पत्रकार ऋषि धमलासँगको अन्र्तवार्तामा भीम रावलले प्रधानमन्त्रीको राजिनामा माग गरेको भिडियो देखाएका थिए । प्रधानमन्त्री ओलीले निकै चाख दिएर भिडियो हेरेपछि प्रश्न गरेका थिए, यो मच्चिमच्चिे प्रश्न सोध्ने को हो ? ऋषि धमला नै हो त ?

नेता रावलले प्रधानमन्त्री ओलीले विवादस्पद समिटमा भाग लिएर गम्भिर भुल गरेको भन्दै तत्काल नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गरेका थिए  ।

SEE THE INTERVIEW OF BHIM BAHADUR RAWAL with RISHI RAJ DHAMALA :



प्रतिक्रिया दिनुहोस्