Logo

निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो



काठमाडौं २१ मंसिर । निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

रावललाई चार दिनअघि नियन्त्रणमा लिइएको हो ।

लागु औषध दुर्व्यसनी भएकाले रावललाई चुरोट तान्न दिएर बयान लिने गरिएको छ । स्रोतका अनुसार चुरोट नतानेसम्म उनी बोल्न सक्दैनन् । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot