Logo

नेपाली पत्रकारितामा ठूलो चुनौती छः डा. सुरेन्द्र केसी



काठमाडौं, २१ वैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सरोकारवाला निकायलाई बोलाएर रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आयोजना गरेको उक्त साक्षत्कारमा अधिवक्ता स्वागत नेपाल, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलगायतको उपस्थिति रहेको थियो ।

राजनीतिक विश्लेषक डा. केसीले अहिले नेपाली पत्रकारितामा ठूलो चुनौती रहेको बताए । सञ्चार जगतलाई न्यायलयले संरक्षण दिनुपर्नेमा उल्टो हस्तक्षेप गरेको उनको बुझाइ छ । साथै, अहिले पत्रकारितमा अस्वस्थ प्रतिस्पर्धा हाबी रहेको पनि उनले बताए । लोकतन्त्र अत्यन्तै प्यारो लागेपनि लोकतान्त्रिक आचरण र आचरणअनुसारको व्यवहार निर्माण भइनसकेको उनको बुझाइ छ । उनले मर्यादाक्रम, योग्ताक्रम, जवाफदेहिता र पारदर्शिता विकास हुन आवश्यक रहेको बताए ।

साथै, उनले सम्पादकहरु आजभोलि सम्पादकको रुपमा नरहेर कर्मचारीको रुपमा रहने स्थिति निर्माण भइरहेको टिप्पणी गरे । नेपाली पत्रकारिता चुनौतीको बीचमा रहेको उनको निश्कर्ष छ । साथै, अहिलेको सञ्चार जगतको मूल प्रवाह भनेको यूट्युब रहेको उनले बताए । यूट्युवलाई अब हेप्न नपाइने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot