Logo

निर्मला हत्या प्रकरणः नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला !-फोटोफिचर



काठमाडौं, २१ मंसिर । नेपाल विद्यार्थी संघ पद्यम कन्या क्याम्पस इकाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । गत साउन १० गते बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर कडा कारबाहीको माग गर्दै प्रधामन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

क्याम्पस इकाइ सभापति साधना घिमिरेको नेतृत्वमा क्याम्पसबाट निस्केको र्याली रत्नपार्क पुगेर पुनः क्याम्पसको गेटमा पुगेर कोर्ण सभामा परिणत भएको थियो । कोर्ण सभा सकिए लगत्तै आन्दोलिन नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो । तस्विर-मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्