Logo

ओली मोदीलाई पछ्याउँदै, प्रचार शैली पनि उस्तै



काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिल्दोजुल्दो छ । सरकारको कामलाई जनतासामू प्रचार गर्ने शैलीपनि ओलीले मोदीकोजस्तै सिको गरेका छन् ।

यसको पछिल्लो उदाहरण सामाजिक सुरक्षा कार्यक्रम लागुको प्रचार पनि एक हो । निकै तामझामका साथ उक्त कार्यक्रमको सुरुवात गरिएको थियो । तर, जनताको तहबाट भने यसको निकै ठूलो स्वरमा विरोध र आलोचना भएको छ । सत्तारुढ दलकै नेताहरुले पनि त्यो कार्यक्रमको विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले विभिन्न २० वटा मन्त्रालयका सचिवले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तयार पारेको कार्ययोजना सुनेर कार्यान्वयनका लागि विशेष निर्देशन दिएका छन् ।

भारतमा मोदीले अघि सारेको भिडियो कन्फेरेन्समार्फत मुख्यमन्त्री तथा मन्त्रीहरुसँग प्रत्यक्ष कुराकानी गरेजस्तै प्रधानमन्त्री ओलीले पनि वार रुम अवधारणाअनुसार ठूला विकास आयोजनासम्बन्धी जानकारी लिइ समयमा नै पूरा गर्न भिडियो कन्फ्रेन्स र टेलिफोन वार्ताबाट सम्बन्धित मन्त्री, सचिव, विभागीय प्रमुख र आयोजना प्रमुखलाई नियमित प्रत्यक्ष निर्देशन दिने व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्