काठमाडौं, २२ मंसिर । नेपाली काङ्ग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज चाँगुनारायणमा उद्घाटन गर्दै उहाँले सरकारले जनहितका पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको हो ।
नेता निधिले हत्या, हिंसा, बलात्कार र महङ्गी बढ्दा पनि सरकार मौन बसेको आरोप लगाउँदै काङ्ग्रेसले रचनात्मक सक्रिय र सशक्तरुपमा प्रतिपक्षका भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।
काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको जिकिर गर्दै उहाँले आसन्न महासमितिको बैठकपछि काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो ।
नेपाली काङ्गेसका नेता गगन थापाले काङ्ग्रेस पार्टीभित्र कठोरता र क्रुरतापूर्वक छलफल र चिन्तन गरी काङ्ग्रेस विगतमुखी मात्र नभएर एकजुट भएर नयाँ बाटो अवलम्बन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर निर्वाचन क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमलीलगायतले काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका भक्तपुरका पूर्वअगुवालाई सम्मान गरिएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ । (तस्वीर उपलब्ध छ)
–––