काठमाडौं, २४ मंसिर । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफू नेतृत्वको २ नम्बर प्रदेश सरकार अब बलात्कारी र भ्रष्टाचारीलाई फाँसी र मृत्युदण्ड दिने घोषणा गरेका छन् । केन्द्र सरकारले पनि बलात्कारीलाई फाँसी दिने घोषणा नगरेको अवस्थामा मुख्यमन्त्री राउत केन्द्रिय सरकारभन्दापनि एक कदम माथि उठेर यस्तो सनसनीपूर्ण घोषणा गरेका छन् ।
हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन”मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले यस्तो घोषणा गरेका हुन् ।
संघीयता टिक्न सक्दैन भनेर चित्रबहादुर केसीले भन्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको अर्को प्रश्नमा उनले आक्रोश पोख्दै भने,”त्यो बाग्लुङे नेताको के कुरा ? उनी त बाग्लुङभित्र राजनीति गर्ने नेता हुन् । त्यही गएर संघीयतापक्षधरलाई गाली गरेर राजनीति गर्ने हुन् । अरु के छ र ?”