Logo

प्रचण्डको आरोप ओलीले यसरी खण्डन गरे, कर्मचारीको पूरै प्रशंसा



काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै कर्मचारीले असहयोग गरेको भनेर लगाएको आरोप नेकपाकै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज खण्डन गरेका छन् ।

प्रधानमन्त्री ओलीले संघीयता सफल पार्न कर्मचारीले सरकारलाई पूर्ण सहयोग गरेको बताएका छन् । अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयता असफल पार्न कर्मचारीले भूमिका नखेलेको बताएका हुन् ।

ओलीले घुमाउरो पारामा प्रचण्डको भनाईको खण्डन गरेका थिए । ओलीले भने,‘कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन् । त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञजस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरुले जाने बुझेअनुसार सहयोग नै गरेका छन् ।’



प्रतिक्रिया दिनुहोस्