काँस्की, २५ मंसिर । सत्तारुड दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसामा उत्रिएका छन् । उनले वर्तमान सरकारको विकल्प नरहेको पनि बताएका छन् ।
मंगलबार कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारले जनताको हितमा नै काम गरिरहेकोले अहिले सरकारको विकल्प खोज्न नहुने धारणा राखेका हुन् । उनले भने,‘वर्तमान सरकारको विकल्प खोज्ने हैन, यहि सरकारलाई सफल बनाउने हो, यहि सरकारबाटै विकास र समृद्धि ल्याउने हो ।’
सरकारले धेरै राम्रा राम्रा कामको सुरुवात गरेको भन्दै उनले ओली सरकारका राम्रा कामको फहरिस्त नै सुनाए । सरकारले देशभित्र केन्द्रित भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने बताए ।