काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पुगेका छन्। प्रधानमन्त्रीनिकट उच्च स्रोतले जनाएअनुसार प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षण गरेर फर्किसकेका छन् ।
अस्पतालबाट फर्किएसँगै प्रधानमन्त्री संवैधानिक परिषदको बैठकमा सहभागी भैसकेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अहिले कुनै समस्या नरहेको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।