Logo

देउवाको कारण प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेन



काठमाडौं, २६ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा सहभागी हुन नसकेपछि आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन ।

प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान परिषद बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि बिहीबार बिहान ९ बजे बैठक बस्ने निर्णय गर्दै बैठक सकिएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य हुन्छन् । यद्यपि अघिल्ला बैठकहरुमा पनि देउवा अनुपस्थित हुँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्