Logo

भारतीय काँग्रेसकानेता कमलनाथले डिसेम्बरमा सपथ लिने



काठमाडौँ,२८ मंसिर । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने भएको छ ।डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त हुनुभएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा समथग्रहण गर्नु हुने समाचारमा जनाइएको छ ।

मध्य प्रदेशको काँग्रेस समिति एमसीसीका अध्यक्ष समेत रहनु भएका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो ।हालैमात्र सो राज्यमा सम्पन्न विधान सभाको निर्वाचनमा काँग्रेस पाटीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव गरिएको हो । मध्य प्रदेशमा उप मुख्यमन्त्री भने रहने छैन ।यसअघि भारतीय जनता पार्टी बिजेपीका नेता शिवराज सिंह चौहान तीन पटकसम्म लगाताार सो राज्यको मुख्यमन्त्री रहेका थिए ।

आफ्नो राजनीतिक यात्रा शुरु भएयता ७२ वर्षीय काँग्रेस नेता कमलनाथ पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । उहाँ काँग्रेस पार्टीको तर्फबाट मध्य प्रदेशमा नौ पटकसम्म साँसद हुनु भएको थियो ।

यसअघि पनि उहाँले भारतका पूर्व प्रधानमन्त्री डा।मनमोहन सिंहको मन्त्रिमण्डलमा दुई पटक सम्म उद्योग र यातायत मन्त्रीको जिम्मेवारी संहालीसक्नुभएको छ ।मध्य प्रदेशमा हालै भएको निर्वाचनमा काँग्रेसले १ सय १४ सिटमा विजय प्राप्त गरेको छ । बहुमत प्राप्त गर्नको लागि काँग्रेसको दुइ सिट मात्र कम भएको थियो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot