Logo

बामदेव गौतमको फरक विचारले कुनै फरक पर्दैन : विष्णु पौडेल



पुष १, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले स्थायी समिति बैठकमा कोही नेताले आफ्नो विचार प्रस्तुत गर्दैमा त्यसलाई फरक विचार भन्न नमिल्ने बताएका छन् ।

शनिवार बसेको स्थायी कमिटि बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सही नभएको भन्दै बामदेव गौतमले लिखित रुपमै अर्को प्रस्ताव पेश गरेका थिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिवेदन अध्ययन नै नगरी गौतमले अर्को प्रतिवेदन गर्नुको औचित्य नरहेने बताए ।

“बामदेवजीले आफ्नो मनमा लागेको कुरा राख्नुभएको हो । यसले कुनै प्रभाव पार्दैन ।” पौडेलले भने ।

सरकारले प्रभावकारी रुपमा काम गरिरहेको भन्दै पौडेलले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको बचाउ गरेका छन् ।

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारमाथि किन योजनावद्ध आक्रमण भइरहेको लेखियो भन्ने धमलाको प्रश्नमा पौडेलले भने–“यथास्थितीवादी र प्रतिपक्षीबाट आलोचना र आक्रमण भएका छन् भन्ने सन्दर्भमा लेखिएको हो ।”

तर पौडेलले शक्तिशाली सरकारलाई साना तिना आक्रमणले प्रभाव नपार्ने जिकिर गरे । नौ महिनाको अवधिमा सरकारले राम्रो काम गरेको पौडेलको दावी छ ।

महासचिव पौडेलले पार्टीभित्र भएका छलफल र बहसलाई विवादको रुपमा प्रचार नगर्न आग्रह पनि गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot