Logo

त्रिवीको बेथिती पुस्तकालयमा पनि…



पुष १, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । त्रिवीअन्तरगत केन्द्रिय पुस्तकालय पनि संचालनमा छ ।

तर पुस्तकालय व्यवस्थित नहुँदा पाठकहरु निराश छन् । पुस्तकालयले समयअनुसारका पुस्तकहरुको व्यवस्था गर्न सकेको छैन ।

त्रिभुवन विश्वविद्यायल केन्द्रीय पुस्तकालय देशकै सबैभन्दा ठूलो पुस्तकालय हो । चार लाख हाराहारीमा पुस्तक रहेको केन्द्रीय पुस्तकालयमा पढ्न दैनिक १२ सयको हाराहारीमा पाठक आउने गर्छन् । तर विद्यार्थीले आवश्यकता अनुसार पुस्तक उपलब्ध नहुदा पुस्तकालयको महत्व घट्दै गएको छ ।

पुस्तकको समस्या एकातिर छ भने पुस्तकालय भित्र रहेका शैचालयको समस्या पनि त्यतिकै रहेको छ । पुस्तकालयअन्तरगतका शैचालयमा ढोका समेत छैनन् । पुस्तकालयमा पुस्तक पढ्न आउने विद्यार्थीहरु समयअनुसारको नयाँ नयाँ पुस्तक नपाउँदा झन निराश बन्ने गरेका छन् ।

पाठकको यस्तो गुनासो आरहदा त्रिवि केन्द्रिय पुस्तकालयका प्रमुख ईन्द्रप्रसाद अधिकारी पनि यस विषयलाई सहज स्वीकार गर्दछन । यस त्रिविको केन्दि«य पुस्तकालयमा पुस्तक पढेनकै लागि आउने पाठकलाई आफुहरुले पुस्तक उपलब्ध गराउन नसकेको उनले स्वीकार गरे । भूकम्पपछि पुस्तकालय थप अस्तव्यस्त बनेको अधिकारी बताउँछन् ।

तत्कालिन श्री ५ मुमा बडामहारानी इश्वरी राज्यलक्ष्मीदेवी शाह र कान्ति राज्यलक्ष्मीदेवी शाहको सम्पत्तिको योगदानबाट २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै त्रिवि पुस्तकालयका रुपमा स्थापना भएको हो । पुस्तकालयमा नेपाल कलेक्सन, फरेन सेक्सन, दुर्लभ बौद्धग्रन्थ, परम्परागत औषधि, प्राचीन ग्रन्थसहित त्रिविअन्तर्गतका ३८ वटा केन्द्रीय विभागका लागि आवश्यक पुस्तक, एमफिल (मास्टर अफ फिलोसफी र पिएचडीका सन्दर्भ सामग्री र स्थायी महत्वका चार लाखभन्दा बढी पुस्तक रहेका छन् । तर पुस्तकालयको स्तरउन्नति भने हुन नसकेको हो ।



प्रतिक्रिया दिनुहोस्