Logo

दिपक खड्काको नेतृत्वमा १० महासमिति सदस्यले दिए १७ बुँदे यस्तो सुझाब



पुष ३, काठमाण्डौ । कांग्रेसको महासमिति बैठक अस्तव्यस्त बनेको छ । आज सकिने भनिएको बैठकमा पार्टीको संशोधित विधानको मस्यौदा नै पेश हुन नसक्दा महासमिति सदस्यहरु अलमलमा परेका छन् ।

यसैबीच पार्टीको नेतृत्वको कार्यर्शलीविरुद्ध नेता तथा महासमिति सदस्यहरुले विभिन अभियान नै चलाएका छन् ।

पार्टी विधानविपरित जान लागेको भन्दै १० जना महासमिति सदस्यले १७ बुँदै सुझाब दिएका छन् । नेता दिपक खड्काको नेतृत्वमा सदस्यहरुले लिखित सुझाब दिएका हुन् ।

उनीहरुले अघिल्लो वर्ष सम्पन्न तीनवटै तहको निर्वाचनमा कांग्रेसले प्राप्त गरेको नतिजाको समिक्षा गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी पार्टीको आन्तरिक चुनाव पद्धति भड्किलो भएको भन्दै निर्वाचन प्रणालीको अध्ययन गरी नयाँ प्रणाली लागु गर्न माग गरेका छन् ।

त्यसैगरी भातृ संगठनको सशक्त परिचालन हुन नसकेको भन्दै उनीहरुले सबै संगठनलाई प्रभावकारी बनाउनुपर्ने सुझाब दिएका छन् । धार्मिक स्वतन्त्रका तथा हिन्दु राष्ट्रको विषयमा उठेका आवाजलाई पनि सम्मान गर्न आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्