Logo

कमल थापाको आरोप : ओली प्रधानमन्त्री भएपछि नराम्रोसँग चुके



बाँके, ३ पुस ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिजो प्रखर राष्ट्रवादी चिन्तन भएका केपी ओली प्रधानमन्त्री भएपछि नराम्रोसँग चुकेको टिप्पणी गरेका छन् ।

मंगलबार नेपालगञ्जमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले खुलेआम राष्ट्र विखण्डनको नारा लाग्दा, निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन प्रकरणमा ओलीले ठोस कदम चाल्न नसकेर निरिहता प्रदर्शन गरेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्