Logo

देउवा आफ्नो अडानमा ब्याक नहुने, पौडेललाई पछार्ने रणनीति



काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधानलाई लिएर सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति हुन सकेको छैन ।

दुई नेताहरुबीच विधानमा सहमति नहुनुको मुख्य कारण पदाधिकारी थप्ने वा नथप्ने विषय नै भएको बुझिएको छ । पदाधिकारी थप्दा देउवालाई घाटा छ ।

उता पौडेले पक्षले पदाधिकारी निर्वाचित हुनुपर्ने अडान लिएको छ । यसमा पनि देउवाले चलाखी गरेर तत्काल निर्वाचनमा नजाने अडान लिएका छ । महासमिति सदस्यहरु दुई नेताहरुबीचको लडाईले गर्दा चिन्तित छन् । दुवै पक्ष आफ्नो गुटलाई बलियो बनाउनेगरि कदम चालेका छन् । महासमिति बैठकमा कसैको पनि दुई तिहाई पुग्दैन । विधान सर्वसम्मतीले पारित हुनेपनि कुनै छाँटकाँट छैन् ।

देउवा कुनैपनि हालतमा अहिले पदाधिकारी थप्ने पक्षमा छैनन् । पदाधिकारी थप्दा आफू कमजोर हुने उनको आँकलन छ । सोही अनुसार उनले आफ्नो रणनीति बनाएका छ ।



प्रतिक्रिया दिनुहोस्