Logo

चितवन प्रदर्शनी केन्द्र प्रदेशको गौरव हो–मन्त्री दावादोर्जे लामा



काठमाडौँ,४ पुस । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताएका छन।

प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। “यसै वर्ष प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको पहल गर्छौँ”, उनले बताए, “सम्भव नभए आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्छौँ ।”

प्रदेश सरकारले कार्यविधि निर्माण अन्तिम चरणमा पु¥याएको भन्दै मन्त्री लामाले अब तीव्र रुपमा विकास निर्माणका काम हुने बताए । उनले प्रदर्शनी केन्द्र सञ्चालनको विधिलाई वैज्ञानिक बनाउनसमेत सुझाब दिएका थिए। प्रदर्शनी केन्द्र निर्माणमा बजेट अपुग भएपछि उद्योग सङ्घले प्रदेशबाट बजेट विनियोजनका लागि पहल गर्न छलफल गरिएको चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडी बताउन्छन । नेपाल सरकारको रु १५ करोड र निजी क्षेत्रको रु १५ करोड जुटाएर प्रदर्शनी केन्द्र निर्माण थालिएको हो ।

अध्यक्ष दुवाडीले भने, “निर्माण सम्पन्न गर्दासम्म रु ४२ करोडभन्दा बढी खर्च हुने देखिन्छ”, प्रदेश नं ३ को महत्वपूर्ण योजनाका रूपमा रहेकाले प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको दुवाडीले बताए । छलफलमा सहभागी प्रदेश सांसदले प्रदर्शनी केन्द्रले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा टेवा पु¥याउने भएकाले प्रदेशका लागि गौरवको योजना भएको बताए ।

छलफलमा सांसद विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, कञ्चन खनाल, पार्वती सिलवाल, रीना गुरुङलगायतले आफ्नो धारणा राखेका थिए । करीब दुई बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो केन्द्रको जग्गा सरकारले २९ वर्षका लागि भाडमा उपलब्ध गराएको हो । आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot