Logo

वामदेवले पार्टीभित्र घिनलाग्दो खेल खेले, अब आँफै सिद्दिन्छन : मुख्यमन्त्री गुरुङ (भिडियोसहित)



काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र वामदेव गौतमले घिनलाग्दो खेल खेलेको आरोप लगाएका छन् ।

बुधबार राति प्राईम टाईम्स् टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले वामदेवविरुद्ध आफ्नो असन्तुष्टि पोखेका हुन् ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नै पार्टी चलाईरहेको अवस्थामा एकजनालाई अध्यक्षमात्रै र अर्कोलाई प्रधानमन्त्रीको मात्रै जिम्मेवारी दिनुपर्छ भनेर वामदेवले माग गरेकोप्रति मुख्यमन्त्री गुरुङको आरोप छ ।

ओलीलाई ७० सालदेखि नै साथ दिँदै आएको तर आफूलाई केही पनि सहयोग नगरेको भनेर वामदेवले गुनासो पोख्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनलेभ ने,‘यो वामदेवजीको बचपना तर्क हो । मैले त ओलीजीलाई २०४९ सालदेखि नै हरेक आरोह–अवरोहमा साथ दिँदै आएको छु । अब मलाई प्रधानमन्त्री बनाउनुहोस भनेर भन्न मिल्छ ?’

वामदेवले ओलीलाई सघाएर धेरै राम्रो काम गरेको भन्दै गुरुङले प्रशंसा नै गरे । उनले भने,‘उहाँले एमाले र माओवादी केन्द्रलाई मिलाउनको लागि ठूलो योगदान गर्नुभएकै हो । तर, ओली र प्रचण्डजी नमिलेको भए उहाँले मिलाउन सक्नुहुन्थ्यो त ?” वाम एकता गराउन वामदेवको महत्वपूर्ण भुमिका रहेको तर निर्णायक भूमिका नरहेको पनि गुरुङको जिकिर छ ।

गुरूङले गौतम कुण्ठा बोकेर हिँडिरहेको आरोप लगाए। ‘वामदेवजीको घामपानीको कुरा सुनेर साध्य लाग्दैन। राजनीतिमा घामपानी हुने नेताको दिन छैन। मैले नेताको अपमान गरेको होइन, उहाँ कहिले डोल्पाबाट उठ्छु भन्नुहुन्छ। कहिले काठमाडौंबाट उठ्छु भन्नुहुन्छ। कहिले सिन्धुलीबाट उठ्छु भन्नुहुन्छ अनि कहिले कहाँबाट उठ्छु भन्नुहुन्छ,’ गुरूङले भने, ‘जनताले एकपटक म्यान्डेड दिएपछि जनताको बहुदलीय जनवाद अझ मदन भण्डारीको सच्चा अनुयायी भन्नेले त्यसलाई स्वीकार्नुपर्छ। राज्यसत्ता सञ्चालन गर्न जनताबाट अनुमोदित भएको हुनैपर्छ। पार्टी सञ्चालन गर्न कार्यकर्ताबाट अनुमोदित भएकै हुनुपर्छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot