Logo

उपहारको थैलो नै बोकेर जव ओबामा अस्पताल पुगे…



काठमाडौँ,५ पुस । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले क्रिसमसको अवसरमा अस्पतालमा रहेका बालबालिकाप्रति देखाएको मानवीय व्यवहारको अहिले सामाजिक संजालमा प्रसंसा भईरहेको छ । अमेरिकी राज्य वासिङ्टनको उत्तरपश्चिमस्थित राष्ट्रिय बाल अस्पताल पुगेर ओबामाले बिरामी बालबालिकालाई क्रिसमसको उपहार बाँडेका थिए ।

क्रिसमसमा लगाइने रातो टोपी लगाएर उपहारको थैलो नै बोकेर अस्पताल पुगेका उनले बालबालिकालाई ‘सर्पाइज’ नै दिएका थिए ।खेलौना लगायतका उपहार बोकेर ओबामा अस्पताल पुगेको अनौठो भिडियोबारे वासिङ्टन पोष्ट, हिन्दुस्तान टाईम्स लगाएतले समाचार नै बनाएका छन।

 

ओबामाले प्रत्येक बालबालिका र उनका अभिभावकलाई भेटेरै क्रिसमस टोपी समेत प्रत्येक बालबालिकालाई वितरण गरेका थिए । अस्पताल छोड्नुअघि ओबामाले अस्पतालका कर्मचारीहरुलाई बिदामा पनि काम गरेकोमा धन्यवाद दिएका थिए ।ओबामा अस्पताल आउनले कुरा त्यहाँका कर्मचारीलाई मात्रै जानकारी गराइएको थियो । उनले अस्पतालमा करिव ९० मिनेट बिताएका थिए ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्