Logo

सञ्चारमन्त्री बास्कोटा र अर्थमन्त्री खतिवडा हटाउन नेकपा नेताहरुकै दबाब !



काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश नेताहरुले सरकारको आलोचना गरेका छन् ।

बैठकमा बोल्ने केही नेताहरुले ओली सरकारका केही मन्त्रीहरुको नाम नै लिएर तत्काल हटाउन दबाब दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मिडिया व्यवस्थापन गर्न नसकेको र अन्ट सन्ट बोलेको भन्दै उनलाई तत्काल हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

सञ्चारमन्त्री बास्कोटालाई तुरुन्त परिवर्तन गर्नुपर्ने दबाब लिलामणि पोखरेलले गरेका थिए । त्यस्तै आज बोल्ने अरु सदस्यहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको पनि आलोचना गरे । मन्त्री खतिवडाको कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको, वैदेशिक सहायता केहीप्नि नआएको र कार्यकर्ताहरुको भावनाअनुसार काम गर्न नसकेको आरोप आज बोल्ने नेताहरुले लगाएका छन् ।

शनिबारदेखि सुरु भएको स्थायी कमिटीको तेस्रो बैठक बिहिबार पनि जारी रह्यो । नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान तीन घण्टा बसेको बैठकमा ८ सदस्यले आ–आफ्नो धारणा राखेका छन् । आज बोल्ने नेताहरुमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहराले सरकारको पक्षमा बोलेका थिए ।

तर, लिलामणी पोखरेल र पम्फा भुषालले मन्त्रीहरुको कार्यशैली राम्रो नभएको भन्दै तुरुन्त हटाउनुपर्ने माग गरेका थिए । त्यस्तै, आज बोल्ने अन्य नेताहरुमा चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए । बैठक शुक्रबार पनि जारी रहने छ ।



प्रतिक्रिया दिनुहोस्